बिप्लव नेतृत्वका दुईजना जिल्लास्तरीय नेता पक्राउ
काठमाडौं, चैत २८ । नेत्र बिक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुईजना जिल्ला स्तरीय नेतालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बर्दगोरिया गाँउपालिका जनसरकार प्रमुख अमर बम र अखिल क्रान्तिकारी किसान संघका कैलाली अध्यक्ष उदयराज थापा रहेको प्रहरी श्रोतले जनाएको छ ।
स्रोतका अनुसार उनीहरुलाई कैलालीको बर्दगोरिया गाँउपालिकाको बौनिया बजार नजिकैबाट बुधवार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ गरेका दुबै जनालाई प्रहरीले थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखेको छ ।
प्रहरीले कैलालीमा पछिल्लो केही समय यता बिप्लवका कार्यकर्ताको खोजी कार्य तिब्र पारेको छ ।
प्रतिक्रिया दिनुहोस्