इण्डियन प्रिमियर लिगमा पञ्जाब मुम्बईसंग ३ विकेटले पराजीत

इण्डियन प्रिमियर लिगमा किंग्स इलाभेन पञ्जाब मुम्बई इण्डियन्ससंग ३ विकेटले पराजीत भएको छ । बुधबार राति भएको खलमा किंग्स इलाभेन पञ्जाबलाई ३ विकेटले पराजित गरेको हो ।

बुधबार राति वानखडे स्टेडियममा भएको खेलमा पञ्जाबले दिएको १९८ रनको लक्ष्य मुम्बईले अन्तिम ओभरको अन्तिम बलमा ७ विकेट गुमाएर पूरा गरेको थियो । मुम्बईको यो तेस्रो जित हो । जितसँगै मुम्बई तालिकाको तेस्रो तथा पराजित पञ्जाब चौथो स्थानमा छन् ।

मुम्बईलाई जिताउन किरन पोलार्डले महत्वपूर्ण भूमिका खेले । उनले ३ चौका र १० छक्काको मद्दतले ८३ रन बनाए ।

पञ्जाबले लोकेश राहुलको सतकको मद्धतमा २० ओभरमा चार विकेट गुमाउँदै एक सय ९७ रन बनायो । राहुल र क्रिस गेलले पहिलो विकेटका लागि सतकीय साझेदारी गरे ।

दुबै खेलाडीले पहिलो विकेटका लागि एक सय १६ रनको साझेदारी गर्न सफल भए । जसमा गेलले ६३ रन बनाए । उनले ३६ बलमा तीन चौका र सात छक्का प्रहार गरे । राहुलले ६४ बलमा एक सय रन बनाए ।

प्रतिक्रिया दिनुहोस्