भोजपुरमा श्रीमतीको हत्या गरेको आशंकामा श्रीमान पक्राउ

काठमाडौ, २७ चैत । भोजपुर जिल्लाको पौवादुङ्मा गाउँपालिका वडा नम्बर ४ मा १९ वर्षीय रमेश पौडेलले १९ वर्षीया श्रीमती जानुका पौडेल थापाको धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । उनीहरु श्रीमान श्रीमती हुन् ।

घरको भान्सा कोठामा जानुका पौडेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी केशव कुमार थेवेले बताए । हत्या गरेको आशंकामा श्रीमान पौडेललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको डीएसपी थेवेले बताए ।

श्रीमतीको हत्या गरेको श्रीमानले स्वीकारेका छन् । मृतक पौडेलेको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुरमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्