सांसद राजेन्द्र लिङ्देनसँग ५० लाख रुपैया फिरौतीः नदिए गोली ठोक्ने धम्की
काठमाडौं, २६ चैत । राप्रपाबाट प्रतिनिधिसभाका सांसद राजेन्द्र लिङदेनसंग ५० लाख रुपैया फिरौती मागिएको छ । मागिएको फिरौती नदिए ज्यान मार्ने धम्की आएको छ ।
अज्ञात व्यक्तिले टेलिफोनवाट सांसद लिङ्देनलाई ५० लाख रुपैयाँ फिरौती माग्दै नदिए गोली ठोक्ने धम्की दिएको हो ।
फोनमार्फत उनलाई ५० लाख रुपैयाँ मागिएको र नदिएमा ज्यान मार्ने धम्की दिएको सांसदले बताएका छन् । सांसद लिङदेनले आफूलाई ५० लाख माग गरिएको र नदिएमा ज्यान मार्ने धम्की आएको बताएका छन् ।
उनले ‘५० लाख नदिए ज्यान मार्ने धम्की आएको बारे प्रहरीलाई खबर गरेको बताएका छन् । उनले यस बारे अन्य थप जानकारी पनि प्रहरीलाई दिएको बताउँदै भने, सबै कुरा गर्दा प्रहरीलाई अनुसन्धानमा अफ्ठेरो पर्न सक्छ ।’
‘के कसैले पचास लाखको लोभमा म माथि गोली चलाउन सक्ला रु के मलाई गोली हनाउन पचास लाख खर्च गर्ने कोही होलान त ?’, उनले प्रश्न गरे, ‘ के कसैले गोली ठोक्लाकी भनेर राजेन्द्र लिङदेन बाटो छोडेर हिंडछ भनेर कसैले सोचेको होला रु के निर्धारित मिति भन्दा एकैक्षण पर बाँच्ने ताकत कसैसंग होला रु’ उनले त्यस्ता धम्कीवाट आफु बिचलित नहुने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्