सावित्रा र अनिताले भारतीय चर्चित इन्डियन महिला लिग खेल्ने

काठमाडौं, चैत २६ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको अग्रपंक्तिमा रहेकी सावित्रा भण्डारी र अनिता बस्नेतले भारतीय चर्चित इन्डियन महिला लिग खेल्ने भएका छन् ।

पछिल्लो समय राष्ट्रिय फुटबल टोलीबाट प्रभावशाली प्रर्दशन गर्दै आएका दुई खेलाडीले भारतको शीर्ष डिभिजनको महिला लिग खेल्ने पक्का भएको हो ।

नेपालका महिला खेलाडीले भारतीय लिगमा औपचारिक रुपमा खेल्न लागको यो पहिलो पल्ट हो । तेस्रो संस्करणको हिरो महिला लिग अब चाँडै हुँदैछ ।

नेपाली महिला टिमका मुख्य प्रशिक्षक हरि खड्काले अनिता र सावित्राले भारतीय लिग खेल्ने पक्का भएको सुनाएका छन् । उनका अनुसार सावित्रा र अनिताले अब भारतीय लिग खेल्ने छन् ।

सावित्रालाई गोगुलमले प्रस्ताव गरेको छ । यस्तै, अर्को क्लब सेतुले अनिता र सावित्रा दुवैलाई अनुबन्धनको प्रस्ताव गरेको छ । नेपालमा सम्पन्न महिला साफ च्याम्पियनसिपमा दुवै खेलाडीले उत्कृष्ट प्रर्दशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्