सरकारले तीन सय विद्युतीय बस ल्याउँदै, कुन कुन सहरमा चल्ने भए त ?

काठमाडौं, चैत २६ । सरकारले तीन सय विद्युतीय बस ल्याउने भएको छ । विद्युतीय यातायातको विकासअन्तर्गत काठमाडौं र अन्य ठूला सहरमा ३ सय बस सञ्चालन गर्नेबारे मन्त्रिपरिषदले आवश्यक निर्णय गरेर प्रक्रिया अघि बढाएको वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए।

उक्त विद्युतीय बस काठमाडौंसहित देशका मुख्य सहरमा चल्ने भएका छन् ।

विश्व हरित वृद्धि संस्था’ (जिजिजिआइ)सँग सम्झौता गर्न बबरमहलस्थित वन विभागमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले जनताको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको ग्यारेन्टी गर्न सरकार प्रतिबद्ध रहेको बताए।

नेपालको विद्युतीय यातायात प्रवर्द्धनमा सहयोग गर्न विभिन्न मन्त्रालय, सरोकारवाला निकाय र जिजिजिआईका प्रतिनिधिबीच सहयोग सम्झौतामा हस्ताक्षर गर्न उक्त कार्यक्रम आयोजना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्