दुखद् खबर: सिरहामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा तीनजनाको ज्यान गयो

काठमाडौं, चैत २६ ।सिरहामा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा तीनजनाको ज्यान गएको छ ।

सिरहाको लहान नगरपालिका १३ भोटियाटोल चौक नजिक पूर्व पश्चिम राजमार्ग अन्तर्गत पुर्वबाट पश्चिमतर्फ बिस्कुट बोकी जादै गरेको ना ३ ख ७७७४ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको स ९ प ७३७८ नम्बरको तीन जना सवार मोटरसाइकललाई ठक्कर दिँदा तीनै जनाको ज्यान गएको हो ।

उनीहरुको घटनास्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।

ज्यान गुमाउनेमा लहान नगरपालिका ४ बस्ने वर्ष २६ का कृष्णा सहनी, वर्ष २६ का शिव कुमार सहनी र वर्ष २५ का मनोज मण्डल छन् ।

शवलाई पोष्टमार्टम लागि लहान स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्