एनबीआई र मुक्तिनाथ विकास बैंकबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता

काठमाडौं, चैत २६ । एनबीआई र मुक्तिनाथ विकास बैंकबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता भएको छ ।

नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट र मुक्तिनाथ विकास बैंकबीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले दु्रत गतिमा विस्तार गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौतामा एनबीआईका सहायक महाप्रबन्धक धन थापा र मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकारी प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका छन् ।

यस सम्झोैता पत्र अनुसार एनबीआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एपको संरचना र सुविधाहरुबारे मुक्तिनाथ विकास बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराईने बताइएको छ ।

बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई एनबीआई मोबाइल एपबारे ज्ञान दिलाई आ –आफ्नो ग्राहक माझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नको लागि प्रेरित गर्नेछ ।

बैंकले एनबीआई एप मार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक शिक्षिकाहरु तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरताबारे जानकारी गराउनेछ ।

यदि आवश्यक भएमा एनबिआईले बैंकहरुलाई विशेष छुटमा वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रमको व्यवस्थापन गरिदिनेछ ।

प्रतिक्रिया दिनुहोस्