कराते टोली भारत प्रस्थान
काठमाडौं । भारतको हिमाचल प्रदेशमा आगामी २८ देखि ३० डिसेम्बर सम्म आयोजना हुने तेस्रो अन्तराष्ट्रिय कराते प्रतियोगितामा भाग लिन नेपाली कराते टोली त्यस तर्फ प्रस्थान गरेको छ । पुरुष तर्फ सुबिन श्रेष्ठ–५० किलो तौल समूह, उमेश गुरुग –६८ किलो ,अमर बहादुर पली–८४ किलो, त्यसैगरी महिला तर्फ एलिशा थापा मगर ले –५५ किलो सहित एकल काता र सबनम क्षेत्री ले –६७ मा प्रतिस्पर्धा गर्नेछिन भने टोलीको नेतृत्व उमेश गुरुगले गर्नेछन । सहभागी हुने खेलाडीहरुलाई नेपाल सितोरियो कराते संघका सचिव तथा प्रवक्ता एबम् शाखा डोजो नक्सालका प्रमुख ईश्वर थापा “गजेन्द्र” र अखिल नेपाल खेलकूद महासंघका महासचिव काली बहादुर घर्ती मगर ले एक कार्यक्रम बिच बिदाई गरे । नेपालको तर्फबाट सहभागी हुने सम्पूर्ण खेलाडीहरु शाखा डोजो नक्सालमा प्रशिक्षणरत खोलाडीहरु हुन भने उक्त खेलाडीहरु जनवरी २ तारिखमा स्वदेश फर्कने शाखा डोजो नक्सालका स–प्रशिक्षक सुकलाल मुक्तानले जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस्