पीडामाथी पीडा : बारामा फेरि हावाहुरी, बिजुलीका पोल ढले ! पिडितलाई खाना पकाउन थप सास्ती

काठमाडौं, चैत २६ । बारामा आज बिहान फेरि हावाहुरी आएको छ । हुरीले केही ठाउँमा बिजुलीका पोल ढलेका छन् भने घरका छाना समेत उडाएको छ ।

हुरी प्रभावित क्षेत्रमा अहिले पनि वर्षा भइरहेको छ । गतसाताको हुरीबाट बिस्थापित भएर त्रिपालमूनि बस्दै आएका परिवार झन् समस्यामा परेका छन् ।

असिनासँगैको हावाहुरी र पानीका कारण खाना पकाउन समेत नपाउँदा थप सास्ती खेप्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस्