प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासको जग्गा व्यक्तिका नाममा ! कसरी पुग्यो ?

काठमाडौं, चैत २६ । प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रैको जग्गा ‘भूमाफिया’ र भूमिसुधार कार्यालय, डिल्लीबजारका कर्मचारीको मिलेमतोमा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ ।

३४ रोपनी १३ आना २ पैसा जग्गामा फैलिएको प्रधानमन्त्री निवासभित्रको ३ रोपनी १० आना जग्गा व्यक्तिको नाममा दर्ता भइसकेको छ । १४ रोपनी १० आना क्षेत्रफलमा रहेको प्रधानन्यायाधीश निवासभित्रको २ रोपनी १४ आना जग्गा पनि व्यक्तिका नाममा छ ।

पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित समितिले बालुवाटारस्थित प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रको जग्गा व्यक्तिका नाममा दर्ता भइसकेको फेला पारेको हो ।

सरकारी, सार्वजनिक गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएको जग्गाको हिनामिना सम्बन्धी छानबिन समितिले गत माघ २६ गते सरकारलाई प्रतिवेदन बुझाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्