माछापुछ्रे बैंकले रेमिट्याप एप सर्वजनिक गर्याे, विदेशबाट पैसा पठाउन सहज
काठमाडौं । माछापुछ्रे बैंकले रेमिट्याप एप सर्वजनिक गरेको छ । माछापुच्छे बैंक, टाइम्स रेमिट र एएमभी टेल कम्पनीबीच विशेष गरी विदेशबाट रेमिट्यान्स पठाउन लागि बैंकले एपको सार्वजनिक गरेको हो ।
बैंकका ग्राहकहरु लगायतका सम्पूर्ण सर्वसाधरणको सुविधाको लागि रेमिट्याप मोबाइल वालेट सेवा सम्बन्धि त्रिपक्षीय संझौता गरेर सोमबारदेखि सेवा शुभारम्भ भएको हो ।
अब रेमिट्यापको माध्यामबाट विदेशमा कार्यरत प्रवासी नेपालीहरुले आफ्नो परिवारका सदस्यहरुलाई तुरुन्तै आफ्नो वालेट, बैंक खातामा र १० हजारभन्दा धेरै स्थानबाट न्यून लागतमा रकम पठाउन सकिने भएको छ ।
यो नेपालमा सुरु गरिएको पहिलो ३६० डिग्री ई–रेमिट्यान्स, ई–पेमेन्ट माध्यम हो जसको प्रयोग गरी छिटो, सस्तो र सहज तरिकाले रेमिट्यान्स पठाउन सकिने बैंकले जानकारी दिएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले धेरै सुविधाहरु भएको रेमिट्यापले वालेटबाट वालेटमा रकम स्थान्तरणका साथै कुनै पनि बैंकमा रकम स्थानान्तरण गर्ने सुविधा पदान गर्ने बताए ।
प्रमुख कार्यकारी अधिकृत शर्माले ‘रेमिट्याप’ वालेटबाट विशेष गरी विदेशमा रहनु भएका नेपालीहरु लाभान्वित हुने कुरामा आफू विश्वस्त रहेको कुरा बताउनुभयो । साथै, वालेटमा विविध सुविधाहरु रहेको र अनलाईन, मर्चेन्ट भुक्तानी, आदि जस्ता सेवाहरु ‘रेमिकार्ड’ (इन्किृप्टेड भर्चुअल मनी कार्ड) मार्पmत गर्न सकिने प्रविधि समेत रहेको जानकारी दिए ।
त्यसै गरी ए.एम.भी. टेल कम्पनीका प्रबन्ध निर्देशक अनिल शर्माले हाल प्रयोगमा आउने रेमिट्यान्स पठाउने माध्यमहरुमा बढी समय र खर्च लाग्ने भएकाले विदेशमा रहनु भएका नेपालीहरुले सहज र सस्तो मूल्यमै तुरन्त नेपालका आफ्ना परिवारजनहरुको बैंककै खाता÷वालेटमा आउने गरी पैसा पठाउन मिल्ने सुविधा रहेको र नेपालको १०,००० ठाउँबाट रकम झिक्नसकिने व्यवस्था समेत रहेको बताए ।
यस सेवाको सुभारम्भ सँगै माछापुच्छ«्रे बैंकका ग्राहक एवं सर्वसाधरणले ‘रेमिट्याप’वालेट प्रयोग गरी विदेशबाट आफ्ना आफन्तहरुलाई रेमिट्यान्स पठाउन सक्नेछन् । साथै डोमेस्टिक रेमिट्यान्स र बिल भुक्तानीको सुविधा पनि उपभोग गर्न पाउनेछन् । बिल भुक्तानीका अलावा ग्राहकहरुले आफ्नो बैंक खाताबाट वालेटमा तथा वालेटबाट बैंक खातामा आफुले चाहेको रकम समेत स्थानान्तरण गर्न सक्नेछन् । यस ‘रेमिट्याप’, आईओएस तथा एन्ड्रोएडदवै अपरेटीङ सिस्टम प्रयोगकर्ताको लागी उपलब्ध छ ।
बंैकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ९९ वटा शाखाहरु लगायत ७६ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १७५ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर १२१ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्