मोहन वैद्यको टिपण्णी – केपी ओली नेतृत्वको सरकारलाई कम्युनिष्ट सरकार भन्नै सकिँदैन
काठमाण्डौ, चैत २५ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले केपी ओली नेतृत्वको वर्तमान सरकारलाई कम्युनिष्ट नेतृत्वको सरकार भन्न नमिल्ने दाबी गरेका छन् ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने वर्तमान सरकारलाई कम्युनिष्ट नेतृत्वको सरकार भन्नै नमिल्ने महासचिव वैद्यको तर्क छ ।
काठमाण्डौमा आयोजित एक कार्यक्रममा उनले चन्द नेतृत्वको नेकपा राजनीतिक पार्टी भएकाले त्यस समस्याको समाधान राजनीतिक रुपमै गर्न पनि सरकारलाई दबाब दिए ।
महासचिव वैद्यले प्रधानमन्त्री ओलीले देशको धरातलीय यथार्थलाई भुलेर गरिबी अन्त्य गर्ने घोषणा गर्दै हिँडेको दाबी पनि गरे ।














प्रतिक्रिया दिनुहोस्