अर्घाखाँचीमा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गयो , १२ गम्भीर घाइते
काठमाडौं, चैत २५ । अर्घाखाँचीको नुवाकोटमा सोमबार एक यात्रीवहाक जिप दुर्घटना भएको छ ।
जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ ।
भूमिकास्थान नगरपालिका–८, नुवाकोटको लात्तेबाजमा लु१ज १२२९ नम्बरको जिप दुर्घटना भएको हो ।
सन्धिखर्कबाट प्यूठानको बरौला जाँदै गरेको जिप सडकबाट झन्डै १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको अर्घाखाँचीका स्थानीय अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।














प्रतिक्रिया दिनुहोस्