मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन: काम सकिन अब ७ किमी मात्रै बाँकी
काठमाडौं, चैत २५ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको काम सकिन आ ७ किलोमिटर मात्रै बाँकी रहेको छ ।
अहिले नेपाल तथा भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र निर्माण गर्न त्यस क्षेत्रका नौ किलोमिटरभित्रपर्ने रुख काट्ने तथा पाइप जोडने काम तीव्रगतिमा भइरहेको छ ।
मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराका अनुुसार नेपाल तर्फको ३६ दशमलव २ किलोमिटर भू–भागमध्ये बाँकी रहेको नौ किलोमिटर क्षेत्रमा पर्ने निकुञ्जमा धमाधम काम भइरहेको छ । सो क्षेत्रमा दुई किलोमिटर पाइप गाडने काम सम्पन्न भइसकेको छ ।
तीव्र गतिमा बाँकी काम भइरहेकाले सो काम चाँडै सकिएर जमीनमुनि पाइप गाड्ने काम सम्पन्न भएपछि भारतबाट पेट्रोल ल्याउने काम शुरु हुने परियोजनाका इञ्जिनीयर शरदकुमार पौडयालले बताए ।
बढीमा तीन महीनाभित्र काम सम्पन्न भई भारत बिहारको राजधानी पटनाबाट पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ आउने परियोजना कार्यालय सिमराले जनाएको छ ।
सो क्षेत्रमा ६ हजार ५६३ रुख काटने काम तीव्रगतिमा भइरहेको छ ।
उता भारतको मोतिहारीदेखि रकसौल नाका सम्म ३३ दशमलव ७ किलोमिटर भू–भागको काम सम्पन्न भइसकेको भारतीय आयल कर्पोरेशनले जनाएको छ ।
गत चैतको अन्तिम साता भारत भ्रमणको क्रममा प्रधानमन्त्री केपि शर्मा ओली तथा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीको हैदरावाद हाउसबाट संयुक्त रुपमा मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको शिलान्यास गरेपछि यसले गति लिँदै जमीनमुनि पाईप ओछ्याउने काम अन्तिम चरणमा पुगेको पाइपलाईन परियोजना कार्यालय सिमराले जनाएको छ ।
पेट्रोलियम पाइप लाइन सञ्चालनमा आएपछि भारतको रक्सौल नाकामा देखिने जामको समस्या हटनुका साथै पेट्रोलियम पदार्थमा हुने चोरी तथा अनियमितता हटेर जाने विश्वास लिइएको छ ।














प्रतिक्रिया दिनुहोस्