इण्डियन प्रिमियर लिग: सन्दीपले लिए एक विकेट

काठमाडौं, चैत २४ । इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा नेपाली स्पिनर सन्दीप लामिछानेले एक विकेट लिएका छन् ।

रोयल च्यालेन्जर्स बैंग्लोरसँगको जारी खेलमा आफ्नो तेस्रो ओभरको तेस्रो बलमा सन्दीपले मोहिन अलिलाई आउट गरेका हुन् ।

रोयल च्यालेन्जर्स बैंग्लो र दिल्ली क्यापिटल्सबीच खेल जारी छ । अहिले सम्म पारुन्जेल बैंग्लोरले ६ विकेटको क्षतिमा १३८ रन जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्