आइपीएल क्रिकेट: विराटविरूद्ध लगातार चौथो पटक सन्दीप मैदानमा

काठमाडौं, चैत २४ । इण्डियन प्रिमियर लिग(आइपीएल) क्रिकेटमा नेपाली स्पिनर सन्दीप लामिछानेले लगातार चौथोपटक अन्तिम ११ मा समावेश हुन सफल भएका छन् ।

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आइतबार पहिलो खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिश्पर्धा हुँदैछ ।

भारतको राष्टिय टीमका कप्तान विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बेंग्लौरविरुद्ध सन्दीप आबध दिल्ली क्यापिटल्स् मैदानमा उत्रिएको छ ।

दिल्लीले टस जितेर पहिले बलिङ रोजेको छ । दिल्लीले यसअघिको टिममा फेरबदल नगरी ‘प्लेइङ्ग ११’ छनोट गरेको छ । योसँगै सन्दिप आज पनि मैदानमा उत्रिएका छन् ।

सन्दीपले यो सिजनमा दिल्लीका लागि अहिलेसम्म तीन खेलबाट चार विकेट लिएका छन् ।

बैंगलोरको घरेलु मैदानमा हुने दिल्ली र बैंगलोरबीचको खेलमा दिल्ली चौथो जितको प्रयासमा रहनेछ भने बैंगलोर पहिलो जितको खोजीमा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्