प्रदेश नम्बर २: सरकारद्वारा आँधीका मृतकको १३ औँ पुण्य तिथिमा प्रादेशिक शोक मनाउने घोषणा

काठमाडौं, चैत २४ । प्रदेश नम्बर २ सरकारले बारा– पर्सा आँधीमा ज्यान गुमाएकाहरुको १३ औँ पुण्य तिथिमा प्रादेशिक शोक मनाउने घोषणा गरेको छ ।

आइतबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद बैठकले १३ औँ पुण्यतिथिको दिन ९३० गते० प्रादेशिक शोक मनाउने निर्णय गरेको भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले जानकारी दिए ।

बैठकले १३ औँ पुण्य तिथिका दिन आमनागरिक, कर्मचारी, विद्यार्थी, शिक्षक लगायतले विहान ११ बजे २ मिनेट मृतकको आत्माको चिरशान्तिको कामना गर्र्दै मौन धारण गर्न समेत आह्वान गरेको छ ।

मन्त्री सोनलले बारा–पर्सामा आएको विनाशकारी आँधी पछि त्यहाँ शौचालय, खानेपानी, बत्ति र टेन्ट लगायतको समस्या देखिएकोले तत्काल उक्त समस्याको समाधान गर्नका लागि केन्द्रीय सरकारसँग समन्वय गरिने बताए ।

बैठकले प्रत्येक मृतक परिवारलाई किरिया खर्चवापत तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय समेत भएको मन्त्री सोनलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्