सरकारी जग्गामा भाटभटेनी र एनआरएनए भवन !
काठमाडौं, चैत २४ । मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गामा भाटभटेनी सुपरमार्केट र गैर आवसीय (एनआरएनए) का भौतिक संरचना निर्माण गरिएको तथ्य खुलेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो स्रोतका अनुसार डिल्लीबजार मालपोत कार्यालयका कर्मचारीसँग मिलेर ललितानिवासका तत्कालीन भोगाधिकारीले भूमाफिया र व्यापारीलाई अनधिकृत रुपमा विक्री गरेको जग्गामा भाटभटेनी र एनआरएनएले भौतिक संरचना भएका हुन ।
स्रोतका अनुसार ती दुवै संरचना र त्यससँग जोडिएको जग्गा पुनः सरकारका नाममा ल्याउने तयारी भइरहेको छ ।
भाटभटेनीका संचालकले राणा परिवारबाट तथा एनआरएनएले जग्गा हडप्ने योजनाकार(मतियार) मध्ये रामकुमार सुवेदी, शोभाकान्त ढकाल तथा उनका आफन्तबाट सो जग्गा खरिद गरेका थिए ।
भाटभटेनीका संचालकहरुका नाममा व्यक्तिगत र संयुक्त गरी करिब ६० रोपनी तथा एनआरएनएका नाममा तीन रोपनी एक आना जग्गा विक्री गरिएको छ ।
त्यसबाहेक ललितानिवासका तत्कालीन भोगाधिकारीले अन्य भूमाफिया र मालपोत कार्यालयका तत्कालीन कर्मचारीलाई पनि जग्गा विक्री गरेको पाइएको अनुसन्धानमा संलग्न स्रोतको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्