विश्वकप क्रिकेटको एसियाली छनोट खेल्न नेपाली टोली मलेसिया प्रस्थान

काठमाडौं ,चैत्र २३। आगामी वर्ष साउथ अफ्रिकामा हुने १९ वर्ष मुनिको विश्वकप क्रिकेटको एसियाली छनोट खेल्न नेपाली युवा टोली आज मलेसिया प्रस्थान गरेको छ ।

नेपाली युवा टोली शनिबार दिउँसो १:२५ बजे मलेसिया एअरलाइन्समार्फत क्वालालम्पूर गएको हो ।


रोहित पौडेल कप्तानीमा १४ खेलाडी र ३ अफिसियल गरि १७ सदस्यीय टोली मलेसिया प्रस्थान गरेको हो ।

टोलीमा कप्तान पौडेलसँगै अभिषेक बस्नेत, भीम सार्की, हरी बहादुर चौहान, कमलसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख, पवन सर्राफ र प्रतिश जिसी, रासिद खान, रित गौतम, सागर ढकाल, सन्दिप जोरा र सूर्य तामाङ् रहेका छन् । यस्तै प्रशिक्षक बिनोद दास, टेक्निकल एनालिष्ट रमन सिवाकोटी र फिजियो बिक्रम न्यौपाने पनि टोलीमा समावेश छन् ।

गामी २७ गतेबाट सुरु हुने छनोट खेलमा नेपालले आयोजक मलेसियासँगै यूएई, ओमान, कुवेत र सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालले पहिलो खेलमा २९ गते सिंगापुरसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । समूहको शीर्ष स्थानमा रहने टोलीले विश्वकप क्रिकेट खेल्ने अवसर पाउनेछ । एसियाली छनोटमा नेपाल र यूएई उपाधिका मुख्य दाबेदार टोली हुन् ।

प्रतिक्रिया दिनुहोस्