प्रधानमन्त्री ओली अर्धमहाकुम्भ मेलाको उद्घाटन गर्न नजाने
काठमाडौं, २३ चैत । सुनसरीको चतरामा आजदेखि सुरु हुने अर्धमहाकुम्भ मेलाको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल दुवै जाने पूर्व तयारी भएपनि त्यहा नजाने भएका छन् ।
मौसममा खराबी आएकाले चतरा जाने प्रधानमन्त्रीको निर्धारित कार्यक्रम स्थगित भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
‘प्रधानमन्त्री चतरा जाने कार्यक्रम तय भए पनि शनिबारको मौसममा खराबी आएकाले स्थगित भएको छ’, प्रेस संयोजक अधिकारीले भने । अर्धमहाकुम्भ मेलामा सहभागी हुने कार्यक्रम स्थगितपछि प्रधानमन्त्रीले आफ्नो लिखित सम्बोधन पठाएका छन । प्रधानमन्त्रीले पठाएको लिखित सम्बोधन आयोजकले पढेर सुनाउने संयोजक अधिकारीले जानकारी दिए ।
प्रधानमन्त्री र उपप्रधानमन्त्री दुवै सहभागी हुने कार्यक्रम अन्तिममा आएर स्थगित भएपछि आयोजकले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबाट उद्घाटन गराउने तयारी गरेको छ । ।
चतरामा हुन लागेको अर्धमहाकुम्भ मेलालाई प्रदेश सरकारले महत्वदिंदै यस अघिनै मेलाका लागि ५० लाख सहयोग गर्ने घोषणा गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्