देशका सबै भू–भागमा हावाहुरी चल्ने, मेघगर्जन, चट्याङ पानी परिरहेन, अझै तीन दिन यस्तै: मौसम पूर्वानुमान महाशाखा
काठमाण्डौ, २३ चैत । काठमाण्डौसहित देशका सबै भू–भागमा मौसम अहिले बदली भई केही ठाउँमा, हावाहुरी चल्ने, पानी परिरहेन, मेघगर्जन, चट्याङ आउने भएकाले सतर्कता अपनाउनु पर्ने भएको छ
पश्चिमी वायु, पूर्वमा बनेको न्यूनचापीय क्षेत्र, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण देशभरिकै मौसम गडबडि भईहको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि हावाहुरी चल्नुकासाथै पानी पर्ने र मेघ गर्जिहरको छ । हावाहरी, पानी मेघ गर्नुका साथै चट्याङ हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार यो प्रणाली अहिले काठमाण्डौसहित मध्य क्षेत्रमा हावाहरी, पानी मेघ गर्नुका साथै चट्याङ हुने धेरै देखिएको जानकारी दिए । यसकै प्रभावले उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने भएकाले सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभएको छ ।
उहाँका अनुसार अबको दुई घण्टाजति हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना छ । यसकै प्रभावले पश्चिमको दार्चुला, काठमाडौंदेखि पूर्वको ताप्लेजुङ आसपास मेघगर्जन र हावाहुरीसहित पानी परिरहेको छ । झण्डै दुई घण्टा पानी परेपछि केही समय मौसम खुल्ने सम्भावना रहे पनि शनिबार दिउँसभरि नै पानी पर्ने सम्भावना रहेको छ । मौसमविद् बासीका अनुसार भोलि र पर्सि पनि मौसम खुल्ने सम्भावना देखिएको छैन ।
यसको लागि सबैले आ–आफ्नो ठाउँबाट सुरक्षीत हुन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्