अब जाजरकोटको शिवालयमा पनि सिभिल बैंकको शाखा, बैंक आउँदा स्थानीय हर्षित
काठमाडौं, २२ चैत । सिभिल बैंक लिमिटेडले जाजरकोट जिल्लाको शिवालय गाँउपालिकामा शाखा स्थापना गरेको छ । सो शाखाको उद्घाटन कर्णाली प्रदेशसभा सदस्य करबीर शाहीले गरेका हुन् ।
उद्घाटन समारोहमा प्रमुख अतिथि तथा कर्णाली प्रदेशसभा सदस्य करबीर शाही, सिभिल बैंकका प्रमुख माईक्रो बैकिङ्ग यूवराज गुरागाईं, जाजरकोट जिल्ला समन्वय समितिका प्रमुख मन बहादुर रावल, शिवालय गाँउपालिकाका अध्यक्ष नरेन्द्र कुमार शाही, शिवालय गाँउपालिकाका उपाध्यक्ष कुमारी थापा, शिवालय गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत धनीराम शर्मा लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा कर्णाली प्रदेश सभा सदस्य करबीर शाहीले अहिले पनि नेपालको कूल ४०% जनताले मात्र बैकिङ्ग गर्ने र सो ४०% भित्रको ४२%ले मात्र ऋण सुविधाको उपभोग गर्ने गरेको र बैंकको उपस्थिति विना संघीय नेपालको समृद्धि हुन नसक्ने कुरा प्रस्ट्याउनु भयो । ग्रामीण भेगमा बैंकको शाखा बिस्तार हुँदा वित्तिय साक्षरताको अभिवद्धी हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा आर्थिक सम्बृद्धी आउने कुरा बताउनु भयो ।
स्थानीयतहमा बैंकको आवश्कता महसुस गरेर सिभिल बैंकले आफ्नो शाखा जाजरकोट जिल्लाको शिवालय गाँउपालिकामा स्थापना गरेकोमा शिवालय गाँउपालिकाका अध्यक्ष नरेन्द्र कुमार शाहीले खुशी व्यक्त गर्नुभयो ।
सिभिल बैंकका प्रमुख माईक्रो बैकिङ्ग यूवराज गुरागाईंले ग्रामीण भेगको आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताउनुभयो । नेपाल राष्ट्र बैंकले स्थानिय स्तरमा बित्तीय पहुँच पु¥याउने नीतिलाई आत्मसात गर्दै सिभिल बैंक लिमिटेडले जाजरकोट जिल्लाको शिवालय गाँउपालिकामा शाखा संचालनमा ल्याई जिल्लावासीलाई सहयोग गर्न पाएकोमा उहाँले खुसी ब्यक्त गर्नुभयो ।
सिभिल बैंकले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याइरहको छ । त्यस्तै स्थानिय अर्थतन्त्रको विकासकालागि उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधिकेन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा पनि बैंकको लक्ष्य रहेको छ ।
सिभिल बैंकले हालसम्म करीब ३००,००० ग्राहकहरु रहेको, करीब रु.४४ अर्व निक्षेप परिचालन गरी करीब रु.४४ अर्व कर्जा लगानी गरेको छ । शिवालय शाखासहित यस बैंकको कुल शाखा संख्या ७४ पुगेकोे बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्