हिउँपहिरोमा परी ३ तीर्थयात्रु बेपत्ता, भारी हिमपातले उद्दारमा कठिनाइ

काठमाडौं, चैत २२ । तीर्थ गएका ३ जना हिउँपहिरोमा परेर बेपत्ता भएका छन्।शे(फोक्सुण्डो गाउँपालिका-३ शे-गुम्बाबाट तीर्थ गएका ३ जना हिउँ पहिरोमा परी बेपत्ता भएका हुन्।

हिउँ पहिरोमा हराएकामा शे-फोक्सुण्डो गाउँपालिका-३ का ३७ वर्षीय फुर्वा ठिन्लया गुरुङ,सोही ठाउँमा बस्ने १८ वर्षीय पेमा कुन्साङ गुरुङ र ३ कै १२ वर्पीय फुन्छोक गुरुङ हिउँ पहिरोमा वेपत्ता भएको गाउँपालिकाले जानकारी दिएको छ।

यहि चैत्र १७ गते दिउँसो १ बजेतिर शे-गुम्बाको शेल्रीढुक्टा भन्ने तीर्थमा घुम्न गएको समयमा उनीहरु हिउँ पहिरोमा परेर वेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।

स्थानीयले उद्धारका लागि निवेदन दिएपनि भारी हिमपातका कारण उद्धारका लागि सम्भव भने नरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ।

५८ सय मिटरको उचाईमा उक्त क्षेत्र पर्ने र यति बेला ३ फिटभन्दा धेरै हिउँ जमिरहेकाले उद्धारका लागि आँट गर्न नसक्ने प्रहरी नायव उपरीक्षक अबदेश बिष्टले जानकारी दिए।हिउँपहिरोमा परेर सयौं चौरीगाई वेपत्ता छन्।

सञ्चारको सुविधा नभएको कारण एक सातापछि मात्रै हराएको थाहा भएकाले उद्धारका लागि जिल्ला प्रहरी र जिल्ला प्रशासनमा लिखित रुपमा अनुरोध गरेको शे-फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टासिटुण्डुप गुरुङले बताए।

प्रतिक्रिया दिनुहोस्