६६१ जना कर्मचारी नियुक्त गर्दै बाणिज्य बैंक, चौथोदेखि वरिष्ठ प्रवन्धक तहसम्म, कहाँ–कहाँबाट दिन सकिन्छ आवेदन ? (भ्याकेन्सीसहित)
काठमाडौं, चैत २२ । ६६१ जना कर्मचारी नियुक्त गर्दै बाणिज्य बैंक, चौथो तहदेखि वरिष्ठ प्रवन्धक तहसम्म, कहाँ–कहाँ बाट दिन सकिन्छ आवेदन ? (भ्याकेन्सीसहित)
काठमाडौं, २२ चैत । वेरोजगारको समस्याले उथलपुथल भएको अवस्थामा राष्ट्रिय बाणिज्य बैंकले जागिर खुलाएको छ । बैंकले चौथो तहदेखि वरिष्ठ प्रवन्धक पदसहित ६६१ जना कर्मचारी नियुक्त गर्न आवेदन खुला गरेको छ । बैंकले लोक सेवा आयोगको सहमती अनुसार खुला प्रतिस्पर्धाबाट कर्मचारी नियुक्ति गर्ने आवेदन खुला गरेको हो । प्रदेश स्तरका शाखा कार्यालयका लागि कर्मचारी भर्ना गर्ने भएको छ । ।
बैंकले केन्द्रिय कार्यलयको लागि वरिष्ठ प्रवन्धकको लागि दुई जना, प्रवन्धकको लागि ७ जना र उपप्रवन्धकको लागि ११ जनाको लागि दरखास्त आह्वान गरेको छ । यी तीन पदको लागि स्नातकोत्तर गरि अनुभवको आवश्यकता पर्नेछ । सम्बन्धित पदको लागि न्युनतम २१ वर्ष पुरा भइ ४० वर्ष ननाघेको हुनु पर्नेछ ।
त्यस्तै सहायक प्रवन्धकको लागि १४२ जना कर्मचारीको आह्वान गरिएको छ। यस पदका लागि कम्तिमा पनि स्नातकोत्तर गरेको हुनु पर्नेछ। न्युनतम २१ वर्ष पुरा भइ ३५ वर्ष ननाघेकाले आवदेन दिन सक्ने छन् ।
वरिष्ठ सहायक पदको लागि १९० जना कर्मचारी आह्वान गरिएको छ। बैंकले वरिष्ठ सहायक अन्तर्गत प्रशासन, कानुन, नगद र सुचना तथा प्रविधि तर्फ छुट्टा छुट्टै माग गरेको छ । वरिष्ठ सहायक पदका लागि सम्बधित विभाग अनुसारको क्षेत्रमा स्नातक गरेको हुनु पर्नेछ ।
बैंकले प्लस टु पास गरेकाहरुको लागि प्रदेश स्तरका कार्यालयहरुमा ३०९ जना कर्मचारीको लागि आजदेखि दरखास्त आह्वान गरेको छ । योग्यता पुगेका उमेदवारले अनलाइन मार्फत आवदेन दिन सक्ने छन् । आवेदकले चैत्र १२ गतेसम्म दरखास्त सक्नेछन् । यदि बैशाख १२ गतेभित्र आवदेन पेश गर्न नसकेमा दोब्बर दस्तुर तिरेर बैशाख १९ गतेसम्म आवदेन दिन सकिने बैंकले जनाएको छ ।
बैंकले एउटा पद अन्तर्गतको विभिन्न सेवा समुहको लिखित परिक्षा एकै दिन एकै समयमा लिनेछ । बैंकले प्रदेश स्तरका कार्यालयबाट समेत परिक्षा लिने जनाएको छ ।




















प्रतिक्रिया दिनुहोस्