कामना सेवा विकास बैंकको वैदेशिक मुद्रा सटही सेवा शुभारम्भ

काठमाडौं, २१ चैत । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा वैदेशिक मुद्रा सटही सुविधाको शुभारम्भ गरेको छ । काठमाडौं महानगरपालिका वडा नं. ३० स्थित आफ्नै भवनमा रहेको केन्द्रीय कार्यालय ज्ञानेश्वरबाट यहि चैत्र २१ बिहिबारदेखी वैदेशिक मुद्रा सटही सुविधाको शुभारम्भ गरेको हो ।

बैंकका संचालक समितिक ाअध्यक्ष सुदीप आचार्य र सदस्य विशेश्वर सुवेदीले संयुक्त रुपमा उक्त कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । हाल बैंकको मुख्य कार्यालय ज्ञानेश्वर, भैरहवा, सृजनाचोक पोखरा, दमौली, नारायणगढ लायन्स चोक र बुटवल शाखाबाट यो सुविधा लिन सकिने बैंकले जनाएको छ । साथै, निकट भविष्यमा बैंकका सबै शाखाहरुबाट समेत यो सुविधा प्रदान गर्ने लक्ष्य रहेको बैंकका अध्यक्ष आचार्यले जानकारी दिए ।

बैंकले देशका विभिन्न भागहरुमा ८१ वटा शाखा तथा ३६ वटाATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथ, बैंकले ABBS, Internet Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षआफ्ना सेवाहरु थपगर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्