कामना सेवा विकास बैंककोे ८१औं शाखा मोरङ्गको विराटचोकमा

काठमाडौ., २१ चैत । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारकोक्रममा मोरङ्गजिल्ला सुन्दर(हरैचा नगरपालिकाको वडा नं १२, विराटचोकमा आफ्नो ८१औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।

बिहिबार बैंकका संचालक बलराम बराल र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा सो शाखाको कारोबार शुभारम्भ गरेका हुन् ।

प्रमुख कार्यकारी अधिकृत बस्नेतले उक्तशाखाको समुद्घाटन कार्यक्रममा बैंकको कमशः शाखा सञ्जाल भएको पूर्वी नेपालमा व्यापार प्रवद्र्धनलाई अझ तीव्रताका साथ अघि बढाउन वृहत शाखा विस्तार गरेको तथा सोही कार्यक्रममा बैंकको भावी रणनीति र कार्यक्रमहरुको बारेमा संक्षिप्त जानकारी दिनु भयो ।

बैंकले देशका विभिन्न भागहरुमा ८१ वटा शाखातथा ३५ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ । साथै बैंकले ABBS, Internet Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्