प्रधानमन्त्री र सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको बैठक सुरु समाप्त होला त द्वान्द ?

काठमाडौं, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओली सहित सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको संयुक्त बैठक सुरु भएको छ ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सातै प्रदेशका मुख्यमन्त्रीहरु सहभागि भएका छन् ।

संघ र प्रदेश सरकारबीचको विवाद र द्वान्दलाई लिएर यो बैठक केन्द्रीत हुने स्रोतले जनाएको छ । यो बैठकलाई संघ र प्रदेशबिचको अधिकारलाई लिएर भएकाले यसलाई महत्वको साथ पनि हेरिएको छ । बैठकमा केन्द्र र प्रदेश सरकारका कामकारबाही तथा समन्वयका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलको क्रममा प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुलाई आवश्यक निर्देशन दिने बुझिएको छ ।

यस बैठकमा प्रदेशमा भएका समस्या, अधिकार केन्द्रीय सरकारको सहकार्यलाई मुख्य विषय हुने बताइको छ ।
प्रदेश न.ं २ मा एसईई प्रश्नपत्र आउट प्रकरणमा मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति पनि छलफलको विषय हुन सक्ने अनुमान गरिएको छ । मुख्मन्त्री राउतले प्रदेश दुई सरकारको बदनाम गराउन एसईई प्रश्नपत्र आउट गरिएको अभिव्यक्ति दिएका थिए ।

एक महिना अगाडि पनि प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुसँग छलफल गरेका थिए । यो बैठकले संघ र प्रदेश सरकारबिच भएको द्वान्दलाई चिर्ने काम समेत हुने छ ।

प्रतिक्रिया दिनुहोस्