आजका पत्रपत्रिकामा प्रकाशित मुख्य मुख्य समाचारहरु
काठमाडौं, २१ चैत । आजका पत्रपत्रिकाले गत आइतबार आएको महाविपत्ति हावाहुरी पीडित बारा–पर्साका प्रभावितहरूको उद्धार तथा राहतबारे वितरण निरन्तर निगरानी गर्दै मुख्य समाचार प्रेकाशित गरेका छन् । राहत वितरणका अतिरिक्त खतै खात भएको र कतै भोगमरी एक थान ज्ञिपाल पनि नपाएको पीडितको गुनासो छ । यसलाइृ समाचार बनाएको छ । यसबाहेक न्यायाधीश नियुक्ति, प्रेस पासमा लगाइएको अंकुशलगायत विषयलाई पनि पत्रिकाहरूले स्थान दिएका छन् ।
आजको कान्तिपुर दैनिकले हुरीप्रभावितको राहतबारे आएका आश्वासनहरू प्रभावकारी नभएको समाचारलाई औंल्याएको छ । राहतको आश्वासन धेरैले दिए पनि थोरै मात्र लाभान्वित भएको समाचारको सार छ । राहत तथा पुनस्र्थापनामा भइरहेको बिलम्वले हुरीप्रभावित क्षेत्रका बालबालिका र महिला असुरक्षित बन्दै गएको कान्तिपुरले समाचार छापेको छ ।
प्रेस पासमा लगाइएको अंकुशलाई कान्तिपुरले जोडतोडका साथ उठाएको छ । कान्तिपुरले संविधान र वैयक्तिक गोपनीयताको हकसम्बन्धी कानूनी प्रावधानहरूलाई मिच्दै सरकारले सञ्चारकर्मीको प्रेस पासमा अंकुश लगाएको छ । सरकारको यो कदमबाट पत्रकारहरूले निर्बाध रूपमा सूचना तथा समाचार संकलन गर्न पाउने प्रेस स्वतन्त्रताको अधिकारसमेत बाधित भएको छ ।
‘जो दोषी, उही न्यायाधीश’ शीर्षक दिएर कान्तिपुरले न्यायाधीश सिफारिसमाथि प्रश्न उठाएको छ । कान्तिपुरका अनुसार ६ मध्ये ५ न्यायाधीशको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको छ । परिषदका सदस्यद्वय रामप्रसाद सिटौला र पदमप्रसाद वैदिकले न्यायपरिषदमा पेस गरेको छानबिन प्रतिवदनमा राजेशकुमार काफ्ले , लेखनाथ ढकाल, कुलप्रसाद शर्मा, महम्मद जुनेद आजाद र नगेन्द्रलाल कर्णमाथि थप छानबिन र कारबाहीको सिफारिस गरिएको छ । छानबिनमा नपरेका बालमुकुन्द दवाडी ललितपुरको बलात्कारसम्बन्धी एक मुद्दामा अस्वभाविक थुनछेक आदेश गरेकाले विवादित छन् ।
कान्तिपुरले प्रतिवेदनमा उल्लेखित ५ न्यायाधीशमध्ये ४ जनामाथि विस्तृत अनुसन्धान र कार्यक्षमता अभावमा कारबाहीको सिफारिस गरिएको थियो । एक जनामाथि भने सचेत गराउने निर्णय भएको थियो । तर बिडम्बना कारबाही सिफारिस गरेका न्यायपरिषद् सदस्यद्वयले नै तिनै न्यायाधीशलाई उच्च अदालतको न्यायाधीश सिफारिस गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।
आजको नागरिक दैनिकले हावाहुरी प्रभावितहरूको राहत वितरण वैज्ञानिक नबन्दा वास्तविक पीडितहरु राहतबाट वञ्चित भएको लेखेको छ ।
अन्नपूर्ण दैनिकले पनि राहत वितरण प्रभावकारी नभएको औंल्याएको छ । अन्नपूर्णका अनुसार भित्री वस्तीमा राहत पुग्न सकेको छैन ।
आजको कारोबार दैनिकले सुधीर बस्नेतको भेगास सिटी लिलाम हुने लेखेको छ । कैयनलाई ठगेका बस्नेत बुधबार मात्रै पक्राउ परेका थिए ।
आगामी असारदेखि नेपालमा पाइपलाइनबाटै डिजेल आयात हुने अर्को खबर पनि कारोबारले मुख्य समाचार बनाएको छ । कारोबारका अनुसार, पाइप बिछ्याउने काम अन्तिम चरणमा पुगेको छ ।
त्यस्तै आजको नयाँ पत्रिका दैनिकले दोहोरो विपतः खुलेन चेत शिर्षक दिएर मुख्य समाचार प्रकाशित गरेको छ । नया पत्रिका लेख्छ– २४ सय घर भत्किएको सरकारी रिपोर्ट, तर गृह मन्त्रालयले पठायो जम्मा चार सय ८६ पाल , ७२ घण्ठासम्म केन्द्रीय विपत् व्यवस्थापन समिति बैठक बसेन ।
त्यस्तै भुकम्पका बेला दाताले दिएका सामाग्री विमानस्थलमै सडे, त्रिपाल खरिदमा अनियमितताः महालेखाको प्रतिवेदन भने मुख्य समाचार प्रकाशन गरेको छ ।
त्यस्तै आजको आर्थिक दैनिकले कम्युनिष्ट सरकारलाई पहिलो वर्षको बजेटमै धक्का शिर्षक दिएर एडिभीको आर्थिक वृद्धिदरको प्रक्षेपणलाई मुख्य समाचार बनाएर प्रकाशित गरेको छ ।
त्यस्तै आजको गोरखापत्र दैनिकले तीव्र विकासका निम्ति अनुकल स्थिति शर्षक दिएर प्रधानमन्त्री केपी शर्मा ओलीको भनाईलाई मुख्य समाचार बनाएको छ ।
– न्यायाधीशले उच्च मर्यादाका साथ काम गनुपर्छ शिर्षकमा राष्ट्रपति विद्या भण्डारीका भनाईलाई दोस्रो मुख्य समाचार दिएर समाचार प्रकाशित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्