सिभिल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

काठमाडौं, २१ चैत । सिभिल बैंक लि.र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोबार सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षार भएको छ ।
उक्त सम्झौता पत्रमा सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र भाटभटेनी मनी ट्रान्सफरको तर्फबाट प्रबन्ध निर्देशक राजन कुमार अमात्यले हस्ताक्षर गर्नुभएको छ ।

यस सम्झौता अनुसार भाटभटेनी ग्रुपद्वारा प्रवद्र्धित भाटभटेनी मनी ट्रान्सफरको विप्रेषण सेवा सिभिल बैंकको बहत्तर ओटै शाखाहरुबाट सहज रुपमा पठाउन र प्राप्त गर्न सकिने छ । साथै यो सेवा अब नेपालभरि रहेको सबै भाटभटेनीसुपर मार्केटहरुमा पनि छिट्टै उपलब्ध हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्