कामना सेवा विकास बैंककोे ८०औं शाखा मोरङ्गको पथरीमा शुभारम्भ

काठमाडौं, २० चैत । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो ८०औं शाखा कार्यालय स्थापनागरि कारोबार शुभारम्भ गरेको छ ।

बैंकले आफ्नो सेवा विस्तारकोक्रममा पथरी सनिस्चरे नगरपालिकाको वडा नं ०१,पथरी बजारमा बुधबार आफ्नो ८०औं शाखा कार्यालय स्थापनागरि कारोबार सुरु गरेको छ ।

बैंकका संचालक बलराम बराल र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा सो शाखाको कारोबार शुभारम्भ गरेका हुन् ।
प्रमुख कार्यकारी अधिकृत बस्नेतले शाखाको उद्घाटन गर्दै बैंकको शाखा सञ्जाल कम रहेको पूर्वी नेपालमा व्यापार प्रवद्र्धन तथा शाखा विस्तारलाई अझ तीव्रता दिने बताए । उनले बैंकको भावी रणनीति र कार्यक्रमहरुको बारेमा संक्षिप्तजानकारी दिएक थिए ।

बैंकले देशका विभिन्न भागहरुमा ८० वटा शाखा तथा ३४ वटा ATM मार्फत ग्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, Internet Banking, Mobile Banking, C-ASBA लगायत माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थपगर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्