सानिमा बैंकको पुतलीसडकमा शाखा विस्तार, सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गरिने

काठमाडौं, २० चैत । सानिमा बैंक लिमिटेडले यहि चैत २०, २०७५ मा काठमाडौंको पुतलीसडकमा शाखा कार्यालयको औपचारीक उद्घाटन गरीे बैंकिङ्ग सेवा बिस्तार गरेको छ ।

शखा कार्यालयको उुद्घाटन,सानिमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा संयुक्त गरिएको हो ।
समुद्घाटन् समारोहमा सानिमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्तगर्दै यस शाखाबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गरिनुका साथै शौक्षिक कर्जाको लागि विषेश नीतिलिएको बताउनु भयो ।

त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बंैकका ग्राहक तथा सम्पूर्ण सरोकार वालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै पुतलीसडक शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समुद्घाटन समारोहमा मह जोडीले पुतलीसडकमा सानिमा बैंक संचालनमाआएकोमापुतलीसडक वासीहरुलाई बधाईको साथै बैंकलाई समेतबधाई ज्ञापन गर्दै सानिमाको सफलतातथा सबल अनिविश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्तगर्नु भयो ।

सानिमा बैंक को उक्त शाखा समेतगरी हालसम्म ७८ वटा शाखा संजाल तथा ७२ वटा ए.टि.एम. रहेका छन ।
बै.कको २०७५आषाढ मसान्तको लेखापरिक्षण अनुसार पूजीकोष १२.४१ प्र्रतिशत, निष्कृय कर्जा ०।०३% र कर्र्जा निक्षेप अनुपात ७७.२०% रहेको छ ।

प्रतिक्रिया दिनुहोस्