टिपरको ठक्करबाट बालकको मृत्य, स्थानीयवासीले अवरोध पुर्याउँदा काठमाडौंको फोहोर व्यवस्थापनमा समस्या

काठमाडौं, २० चैत । टिपरको ठक्करबाट मङ्गलबार एक बालकको मृत्यु र एक बालक गम्भीर घाइते भएपछि काठमाडौं उपत्यकाको फोहर डम्फिनसाईड नुवाकोट सिसडोलका स्थानीयवासीले अवरोध पुर्याउँदा काठमाडौंको फोहोर व्यवस्थापनमा समस्या हुने भएको छ ।
काठमाडौंबाट फोहर बोकेर आइरहेको टिपरको ठक्करबाट मङ्गलबार नुवाकोटको ककनी गाउँपालिका–२ स्थित सिसडोलका १३ वर्षीय संजोक नेपालीको मृत्यु भएको थियो भने १२ वर्षीय राजन नेपाली गम्भीर घाइते भएका थिए ।

उक्त घटनाको विरोधमा मङ्गलबार अपराह्नदेखि स्थानीयवासीले र्पुयाएको अवरोध आज पनि कायमै रहेकाले काठमाडौंको फोहोर व्यवस्थापनमा समस्या आएको हो । उपत्यकाबाट फोहर बोकेर आएका करीब १०० बढी कन्टेनरलगायतका सवारी विरोधका कारण सडकमा नै अलपत्र परेका छन् । फोहर बोकेर विसर्जन गर्न उपत्यकाबाट आएका गाडीलाई काठमाडौंबाट नुवाकोट प्रवेश गर्ने सीमा तीनपिप्लेबाट आउन स्थानीयले जनाएको छ ।

दुर्घटनापश्चात पीडितपक्षले काठमाडौँ महानगरपालिकासँग छलफलमा मृतक व्यक्तिका परिवारलाई उचित क्षतिपूर्ति, घाइते बालकलाई निःशुल्क उपचार र कक्षा १२ सम्म अध्ययनको व्यवस्था र दोषी चालकलाई कारवाहीको माग राखिएको छ ।

‘कामपाले ललितपुर महानगरपालिकामार्फत परिचालन भएको टिपर भएकाले समाधानका लागि सोही निकायबाट नै पहल गर्नुपर्ने भन्दै पन्छिएकाले समस्या समाधानतर्फ उन्मुख हुन सकेको छैन ।

घटनाको विरोधमा फोहर विसर्जन गर्न अवरोध र्पुयाएका स्थानीयवासीले अन्य सवारीसाधन भने सञ्चालनमा रोक लगाएको छैन । विरोधमा उत्रिएका पीडितपक्षले काठमाडौँस्थित ग्राण्डी अस्पतालमा रहेको शव बुझ्न अस्वीकार गर्दै आएका छन् । घाइते अर्का घाइते बालक राजनको ग्राण्डी अस्पतालमा उपचारतर छन् ।

प्रतिक्रिया दिनुहोस्