त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा उडान बन्द, रन–वे स्तरोन्नति सुरु

काठमाडौं, २० चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १० घण्टा बन्द हुने भएको छ ।
धावनमार्ग स्तरोन्नतिको काम राति १० बजेदेखि बिहान ८ बजेसम्म हुने भएकाले यो अवधिमा विमानस्थल दैनिक १० घण्टा उडान बन्द हुने विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

यसअघि विमानस्थल दैनिक २२ घण्टा सञ्चालन हुँदै आएको थियो ।
को रन–वे स्तरोन्नति आजदेखि पूजापाठ गरि औपचारिकरुपमा कामको सुरुवात भएको छ ।

सन् १९७५ मा निर्माण गरिएको विमानस्थल धावनमार्ग यसअघि मर्मत गरेर सञ्चालन गरिँदै आएकोमा सम्पूर्ण पिच उप्काएर पुनः कालोपत्रे गर्न लागिएको पहिलो पटक हो ।
टालटुल गरेरे सञ्चालन गर्दै आएका त्रिभुवन विमानस्थलको धावनमार्गको पिच पटक–पटक उप्किरहको थियो । चिरा पर्ने समस्या हटाउन धावनमार्गको पिचलाई पूर्ण रुपमा नयाँ बनाउने योजना बनेको लामो समय भयो । यसपटक निकै जोखिम मोलेर नै सरकारले तल्लो सतहबाटै पिच फेर्न लागेको छ ।

रन–वे स्तरोन्नति िजम्मेवारी चिनियाँ कम्पनीलाई

धावनमार्ग स्तरोन्नतिको काम चीनको सरकारी कम्पनी चाइना नेसनल एग्रो टेक्नोलोजीले दिएको छ । चिनियाँ कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँमा रन–वे को स्तरोन्नति गर्ने छ ।

नागरिक उडड्ययन प्राधिकरणअन्तर्गतको अन्तर्राष्ट्रिय विमानस्थल हवाई क्षमता अभिवृद्धि तथा विस्तार परियोजनाका प्रमुख बाबुराम पौडेलकाअनुसार यो काम बढीमा ९० दिनमा सकाईने जनाएको छ । ७० दिनमा सकाउने लक्ष्य भएपनि प्राविधिक कठिनाइ आउनसक्ने आँकलनसहित थप २० दिन समयसीमा लम्ब्याइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्