नेपाल बारमा कडा प्रतिस्पर्धाः अध्यक्षमा पोखरेले उछिन्यो
काठमाडौं, १९ चैत। कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा कडा प्रतिस्पर्धा भइरहेको छ ।
सुरुमा प्रगतिशील, पेसागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले अग्रता लिएपनि अहिले लोकतान्त्रिक समुहका सुनील पोखरेलले अग्रता लिएका छन् ।
कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ ।
पछिल्लो मतपरिणामअनुसार अध्यक्षका उम्मेदवार सुनील पोखरेलले ७३४ मत पाएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी श्रेष्ठले भने ६६९ मत पाएका छन् ।
अहिले उपत्यकाबाहिरका जिल्लाहरुको मतगणना भइरहेको छ ।
काठमाडौंबाहिरका जिल्लाको मतगणना गर्न मंगलबार रातिसम्म लाग्ने बताइएको छ ।
मतदानमा देशभर रहेका बारका १० हजार ३१३ मतदाता मध्ये ८ हजार ३२९ मतदाताले मतदान गरेका थिए ।
तीन वर्षका लागि निर्वाचित हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एकरएक गरी ८ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।














प्रतिक्रिया दिनुहोस्