मानव अधिकारकर्मी पहाडीको नयाँ पुस्तक ‘पच्चीस आलेख’ प्रकाशित

काठमाडौं, १९ चैत । मानव अधिकारकर्मी एवं नागरीक समाजका अगुवा तथा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीको २८ औँ कृति ‘पच्चीस आलेख’ प्रकाशित भएको छ ।

८ जना सदस्यहरुको सहयोगमा मानव अधिकार तथा शान्ति समाजद्वारा प्रकाशित १३२ पृष्ठको ‘पच्चीस आलेख’मा २०७४÷७५ मा विभिन्न सञ्चारमाध्यममा प्रकाशित पहाडीका पच्चीस विशेष आलेखहरु समेटिएको पुस्तक प्रकाशित भएका हो ।


रु. ३०० मुल्य रहेको पुस्तक विक्रिबाट संकलीत प्राप्त रकम मानव अधिकबार तथा शान्ति समाजको अभियान तथा कार्यक्रमहरुमा खर्च गरिने समाजले जनाएको छ ।

पुस्तकमा किन यो समाजमा पटक–पटक राधाहरूको चीरहरण हुन्छ ? किन मीराहरू बलात्कृत हुन्छन् ? किन सीताहरूको अपहरण हुन्छ ? के यो समाज बौलाइसक्यो ? किन यो समाजमा ताराहरूको सतित्व हरण हुन्छ ? किन यो समाजमा सरस्वतीहरूलाई मानव मलमूत्र खुवाइन्छ ? किन यो समाजमा पार्वतीहरूलाई जिउँदै जलाइन्छ लगायत पच्चीस आलेखलाई एककृति गरि प्रकाशन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्