अन्तिम रुप दिन भोलिदेखि विकास परिषदको बैठक बस्ने
काठमाडौं, चैत १९ । राष्ट्रिय विकास परिषदको बैठक भोलिदेखि शुरु हुने भएको छ । पन्ध्रौ योजनाको आधारपत्र मस्यौदालाई अन्तिम रुप दिन बैठक बस्न लागेको हो ।
बैठक प्रधानमन्त्रीको अध्यक्षतामा यहि चैत २० र २१ गते सञ्चालन हुनेछ । राष्ट्रिय योजना आयोग दीर्घकालिन सोच सहित पन्ध्रौ योजना निर्माणको प्रक्रियामा छ ।
आयोगका उपाध्यक्ष प्रा।डा पुष्प कंडेलले अन्तिम परामर्शको हिसाबले विकास परिषदको बैठक डाकिएको बताए ।
यहि चैत्र भित्र आधारपत्र ल्याउने जानकारी कंडेलले गराए ८ महिना अघिदेखि आयोग आधारपत्रको निर्माणमा जुटेको छ । आयोगका सदस्य लक्ष्मण अर्यालले आधारपत्र तयारीमा स्थानीय, प्रदेश, सरकार, नीजि क्षेत्र लगायतको सहभागितामा छलफल गरिएको बताए । यो योजना संघियता कार्यान्वयन पछिको पहिलो योजना हो ।
यस योजनाले सुखी नेपाली समृद्ध नेपाल भन्ने सोचलाई मूर्त रुप दिन समृद्धिको राष्ट्रिय लक्ष्य र गन्तव्यको पहिचान गरेको छ । योजनाबाट आगामी २५ वर्षमा समुन्नत, स्वाधिन र समाजवाद उन्मुख अर्थतन्त्र सहितको समान अवसर प्राप्त, स्वास्थ्य, शिक्षा, मर्यादित र उच्च जीवनस्तर भएका सुखी नागरिक बस्ने मुलुकको रुपमा स्थापित हुने भनिएको छ ।
१५ औ योजनाको उद्देश्य संविधानको कार्यानवयन गर्दै, उत्पादनशिल रोजगारी, आर्थिक स्थायित्व र न्यायपूर्ण वित्तरण सहितको उच्च आर्थिक वृद्धिबाट गरिबीको अन्त्य गर्नु हो ।














प्रतिक्रिया दिनुहोस्