बारमा प्रगतिशील समूहको अग्रता कायमै, पाँच सय मत गनियो
काठमाडौँ , चैत १९ । नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको सार्वजनिक पछिल्लो मतपरिणाममा गणना अनुसार प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले अग्रता कायमै छ ।
प्राप्त पछिल्लो मत परिणाम अनुसार श्रेष्ठले ३ सय ५२ मत प्राप्त गरेका छन् ।
जम्मा ५ सय २ मत गणना हुँदा बृहत् लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेलले २ सय ५८ मत प्राप्त गरेका छन् । महासचिवमा गतिशील, पेशागत तथा समावेशी समूहकै सुरेन्द्र थापाले ३ सय ३६ र बृहत् लोकतान्त्रिक समूहका लिलामणि पौडेलले २ सय ५८ मत प्राप्त गरेका छन् ।
अहिलेसम्म इलाम, झापा, विराटनगर उच्च अदालत, धनकुटा, सिरहा र बारा मतगणना भएको छ ।
बारमा नयाँ नेतृत्वका लागि तीन वर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एकरएक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।
निर्वाचनमा देशभर बारका १० हजार ३१३ मतदातामध्ये आठ हजार ३२९ मतदाताले मतदान गरेका थिए ।














प्रतिक्रिया दिनुहोस्