वाइडबडी जहाज खरिद प्रकरण : अख्तियारले लियो २१ जनासँग बयान

काठमाडौं, चैत १९ । जहाज खरिद प्रकरणमा अनियमितता भएको सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २१ जना सँग बयान लिइसकेको अख्यिारले दुरुपयोग आयोगले बताएको छ।

नेपाल वायुसेवा निमगले खरिद गरेको दुई वटा वाइडबडी ए३३०–२०० जहाज खरिद प्रकरणमा अनियमितता भएको सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २१ जना सँग बयान लिइसकेको अख्यिारले दुरुपयोग आयोगले बताएको हो ।

संघीय संसद्अन्तगर्त प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था समितिमा आयोगका अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेले जहाज खरिदका सम्बन्धमा अनुसन्धान भइरहेको समेत बताएका हुन्।

जहाज खरिदमा ४ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी आर्थिक घोटाला भएको भन्दै सार्वजनिक लेखा समितिले अनुसन्धान गरी कारबाहीका लागि अख्तियारलाई सिफारिस गरेको थियो।

लेखा समितिले दिएको सिफारिस अनुसार आयोगले २१ जनासँग बयान लिइसकेको र अहिले निगम सञ्चालक समितिसँग बयान लिने काम सुरु भएको जनाएको छ।

साथै अख्तियारले जहाज खरिद प्रकरणकै विषयमा विदेशी चार कक्पनीसँगपनि बयानका लागि एक साता अगाडि नै १५ दिनको सूचना दिएर बयानमा बोलाएको जनाएको छ।

अख्यिारले एएआर कप्रोरेसन, हाईफ्लाई एक्स लगायत जहाज खरिद बिक्रीमा सहभागी कम्पनीसँग बयानको लागि सूचना प्रकाशन गरेको जनाएको छ।

जहाज खरिदमा झन्डै तीन दर्जन भन्दा बढीको संग्लनता रहेको भन्दै लेखाले अख्तियारमा लाई सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्