हावाहुरी पीडितलाई राहत र उपचारमा सहयोग जुट्न थाल्यो
काठमाडौं , चैत १९ । बारा र पर्साका आँधीबेहरीपीडितहरुलाई राहत जुट्ने क्रम तिब्र रुपमा अगी बढेको छ ।
विभिन्न सामाजिक संघ संस्था, समूह, र व्यक्तिहरुले पीडितहरुलाई भेटेर राहत दिन थालेका छन् ।
काठमाडौं, पोखरा, नारायणघाट, जनकपुर, बीरगञ्ज लगाएका स्थानबाट विभिन्न संघ संस्थाका प्रतिनिधि र मानिसहरुले सानै भए पनि राहतका विभिन्न सामाग्री बोकेर आइरहेका छन् ।
स्वतःस्फूर्त सहयोगमा खटिएकाहरुले चाउचाउ, विस्कुट, चिउरा लगाएत खाद्य सामाग्री, पानी र लत्ताकपडा सहयोग गरिरहेका छन् ।
उनीहरुले भत्किएका घरका सामाग्री निकाल्न र पन्छाउन पनि सहयोग गरेका छन् । ओत लाग्ने ठाउँ नभएपछि धेरै पीडितहरुले गएको रात खुल्ला स्थानमै विताए ।
ओढ्ने–ओछ्याउने लत्ताकपडा, पकाउने भाँडाकुँडा र खाद्यान्न नष्ट भएपछि पीडितहरुले कष्टपूर्णरुपमै रात जुगारेका छन् ।
संघीय र प्रदेश सरकारले पीडितहरुलाई आवश्यक त्रिपालको व्यवस्था अझै गर्न सकेको छैन ।
उता राजनीतिक दलले पनि सहयोगको घोषणा गरिरहेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा, नेपाली काँग्रेस र राजपाले पार्टीका तर्फबाट सहयोग रकमको घोषणा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्