तालिवानद्वारा अफगानिस्तानको प्रहरी चौकीमा आक्रमण, ८ जना प्रहरीको मृत्यु

काठमाडौं, चैत १९ । अफगानिस्तानको प्रहरी चौकीमा तालिवानले आक्रमण गर्दा ८ जना प्रहरीाको मृत्यु भएको छ ।

अफगानिस्तानको उत्तरी प्रान्त बाल्खमा रहेको एक प्रहरी शिविरमा गएराति भएको आक्रमणमा परी ति ८ जना प्रहरीको मृत्यु भएको हो ।

तालिबान लडाकू समूहले गरेको यस आक्रमणमा परी अन्य ६ जना घाइते भएको स्थानीय प्रहरी स्रोतले मङ्गलबार जनाएको छ ।

अफगानिस्तानमा सन् २०१४ को अन्त्यबाट सुरक्षाको जिम्मा अफगान सुरक्षाबलले लिएपछि अफगान सुरक्षाकर्मीको मृत्यु हुनेक्रम बढेको छ ।


यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन ।

प्रतिक्रिया दिनुहोस्