आईपीएलमा सन्दीपको सनसनी, लिए पञ्जाबको महत्वपूर्ण विकेट

आईपीएलको १२ औँ संस्करण अन्तर्गत अहिले दिल्ली क्यापिटल्स र किंग्स इलाभेन पञ्जाब खेलिरहेका छन् ।

टस जितेर फिल्डिङ रोजेको दिल्लीले पञ्जाबका महत्वपूर्ण दुई विकेट लिइसकेको छ ।

पञ्जाबको पहिलो विकेटका रुपमा दिल्लीका क्रिश मोरिसले केएल राहुललाई एलबीडब्ल्यू आउट गरेका हुन् । राहुलले ११ बलमा १५ रन बनाए ।

चौथो ओभरमा आफ्नो पहिलो ओभर बलिङ गर्न आएका सन्दीप लामिछानेले दोस्रो विकेट लिए । उनले साम कुर्रनलाई एलबीडब्ल्यू आउट गरे । एक ओभरमा १० रन दिएका सन्दीपले कुर्रनलाई २० रनमा पेभेलिएन फर्काए ।

यसअघि कोलकाता नाइटराइडर्स विरुद्धको खेलमा पनि सन्दीपले एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्