कामना सेवाकोे ७९औं शाखा बुटवलको मैनाबगरमा

काठमाडौं, १८ चैत । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा बुटवल नगरपालिकाको वडा नं ०२, मैनाबगरमा आफ्नो ७९औं शाखा कार्यालय शुभारम्भ गरेको छ ।

सोमबार बैंकका संचालक भिम प्रसाद तुलाचनले उक्त शाखाको शुभारम्भ गरेका हुनु । सञ्चालक तुलाचनले शाखाको उद्घान गर्दै बैंकले व्यापार विस्तारलाई अझ तिव्रताका साथ अघि बढाउने तथा बैंकको भावी रणनीति र कार्यक्रमहरुको बारेमा संक्षिप्त जानकारी दिए

बैंकले देशका विभिन्न भागहरुमा ७८ वटा शाखा तथा ३३ वटा ATM मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले ABBS, Internet Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष सेवाहरु थप गर्दै जाने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्