श्रम तथा रोजगारको समस्या तत्काल समाधान गर्न कल सेन्टर सञ्चालनमा, गुनासो भए ११४१ वा १६६००१५०००५ टिपाउनुस्
काठमाडौं, १८ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बैदेशिक रोजगारीबारे गुनासो सुन्न र तत्काल समस्याको टुङ्गो लगाउन कल सेन्टर स्थापना गरि सञ्चालनमा ल्याएको छ ।
वैदेशिक रोजगार प्रवद्र्धन वोर्ड सचिवालयको व्यवस्थापनमा ल्याएको कल सेन्टरको उद्घाटन सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले औपचारीक रुपमा शुभारम्भ गरेका हुन् ।
कल सेन्टरमा श्रम सम्बन्ध, रोजगारी र सामाजिक सुरक्षा क्षेत्रसँग सम्वन्धित समस्या तथा गुनासो टिपाउने सकिने छ, तत्काल समधानको टुङ्गो लगाईने मन्त्री विष्टले जनाकारी दिनुभयो ।
मन्त्री विष्टले बैदेशिक रोजगारीका क्षेत्रमा ठगी, अलपत्र, स्वास्थ्यमा समस्या भएर नेपाल फर्कन चाहनेदेखि, झुटा मुद्दाका कारण जेलमा परेकाहरुलाई निःशुल्क कानुनी सहायताका, कुटनीटिक पहल गर्ने जानकार दिनुभयो ।
उहाँले योगदानमा आधारित सामाजिक सुरक्षा, श्रम सम्बन्ध, आन्तरिक रोजगारीबारे पनि गुनासो कल सेन्टरमा सुनाउन सकिने बताउनु भयो ।
कल सेन्टरको टोल फ्रि नं. ११४१ वा १६६००१५०००५ मा फोन गर्न सबै खालका गुनासो तथा समस्याहरु टिपाउन सकिनेछ ।
विदेशमा भएकाले भने इमेल, फेसबुक, म्यासेन्जर, इमो, भाइबर जस्ता समाजिक सञ्जाल तथा अनलाइन नेटवर्कबाट सम्पर्क गर्न वा गुनासो टिपाउन सकिनेछ । यस्तै निःशुल्क टोल फ्रि नंं. ९७७१५९७००८ मा पनि फोन गर्न सकिने मन्त्रालयले जनाएको छ । अब वदैशिक रोजगारमा जाँदा जुन सुकै समस्या परे पनि मन्त्रालय, वैदेशकि रोजगार प्रवद्र्धन वोर्डको सचिवालय, विभिन्न देशमा रहेको दुतावास तथा कुटनीतिक नियोगका कार्यालयमा फोनपश्चात तत्काल समाधान गर्न सकिनेछ ।
साथै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सहभागि हुन, भोग्नु परेको समस्याहरु, प्रधानमन्त्री रोजगार कार्यक्रमसंग आएका जिज्ञासा पनि समाधान गर्ने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्