स्वास्थ्य मन्त्रालयद्वारा हावाहुरीबाट घाइते भएकाहरुको उपचारको आवश्यक व्यवस्था मिलाइएको जानकारी
काठमाडौ, १८ चैत । बारा र पर्सामा हावाहुरीमा परी घाइते भएकाहरुको औषधि उपचारको आवश्यक व्यवस्था मिलाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।
मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले यो घटनामा घाइते हुनेहरुको औषधि उपचारको आवश्यक व्यवस्था मिलाइएको जानकारी दिनु भएको हो ।
सोमबार दिउँसो काठमाडौमा पत्रकार सम्मेलन गरी उहाँले घटनामा परी ४ सय ३ जना घाइते भएको र त्यसमध्ये गम्भीर घाइते ७ जनाको काठमाडौको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भैरहेको पनि बताउनुभयो ।
यो घटनामा घाइते भएकाहरुको उपचारका लागि हेटौँडा र चितवनका चिकित्सकहरुको टोली पनि परिचालन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनु भयो ।
घाइतेहरुको उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रबाट पनि चिकित्सकहरुको टोली घटनास्थलतर्फ पठाएको छ । प्रवक्ता श्रेष्ठले घाइतेहरुको बारा र पर्साका विभिन्न ७ वटा अस्पतालहरुमा उपचार भैरहेको पनि बताउनुभयो ।














प्रतिक्रिया दिनुहोस्