कपिलवस्तुमा एकजनाको गोली हानी हत्या

काठमाडौं, चैत १८ । कपिलवस्तुमा गोली प्रहारबाट एकजनाको ज्यान गएको छ । परिचय नखुलेका मानिसका समूहले गोली प्रहार गर्दा कृष्णनगर नगरपालिका –१० विद्यानगरका ४५ वर्षका पारस पुरीको ज्यान गएको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले जानकारी दिए ।

गोली प्रहारबाट घाइते भएका पुरीको उपचारका क्रममा आइतबार राति बुटवलमा ज्यान गएको हो । वैदेशिक रोजगार व्यवसायी पुरीको छातिमा गोली लागेको थियो ।

एउटा मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिले पुरीलाई घरबाट बोलाएर घर नजिकै गोली प्रहार गरी भागेका थिए । घटनामा संलग्न भएको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्