इण्डियन प्रिमियर लिग: चेन्नईको लगातार तेस्रो जित, राजस्थान रोयल्स ८ रनले पराजीत


इण्डियन प्रिमियर लिग (आइपीएल्)मा चेन्नई सुपर किंग्सले लगातार तेस्रो जित हात पारेको छ । आइतबार भएको खेलमा चेन्नईले राजस्थान रोयल्सलाई ८ रनले पराजीत गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा पाँच विकेट गुमाउँदै १७५ रन बनाएको थियो । चेन्नइको तर्फबाट कप्तान महेन्द्र सिंह धोनीले ४६ बलमा ७५ रनको विस्फोटक पारी खेलेपछि धोनीले चार चौका र चार छक्का प्रहार गरेका थिए ।

सुरुवाती ब्याट्सम्यानहरुले राम्रो प्रदर्शन गर्न नसेपछि कप्तान धोनीले उत्कृष्ट प्रदर्शन गरे । धोनी बाहेक ड्वाइन ब्राबोले २७ रन बनाए भने सुरेश रैनाले ३६ रन जोडे ।

१७६ रनको लक्ष्य पछ्याएको राजस्थान २० ओभरमा आठ विकेट गुमाउँदै १६७ रनमा समेटियो । राजस्थानका लागि बेन स्टोक्सले सर्वाधिक ४६ रन बनाए भने राुहल त्रिपाठीले सर्वाधिक ३९ रनको योगदान दिए ।

राजस्थानलाई कम स्कोरमा रोक्नका लागि दिपक चाहर, सार्दुल ठाकुर, ड्वाइन ब्राभो र इमरान ताहिरले दुई दुई विकेट लिए । जितसँगै चेन्नईले तालिकामा तीन खेलबाट ६ अंक बनाएको छ । राजस्थानको भने ३ खेलसम्म आउदा जित विहिन भएको छ ।

प्रतिक्रिया दिनुहोस्