सेञ्चुरी बैंकद्वारा प्रकाशित क्यालेन्डर बिमोचन

काठमाडौं, १७ चैत । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडद्वारा प्रकाशित २०७६ सालको क्यालेन्डर विमोचन भएको छ ।
आइतबार एक समारोहकाबिच बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले उक्त क्यालेन्डर बिमोचन गर्नुभएको हो । सो क्यालेन्डर ‘Visit Nepal 2020’ को सन्दर्भमा सातवटा प्रदेशहरुमा रहेको पर्यटकिय स्थलहरुलाई समेटिएर तयार पारिएको छ । उक्त क्यालेन्डरमा नेपाल सरकारबाट स्विकृत बिदाहरु तथा चाडपर्वहरु समेत उल्लेख गरिएको छ ।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्