आइपिएलमा कीर्तिमानी प्रदर्शन गर्दै २३२ रनको लक्ष्य पछ्याउँदै बैंगलोर
काठमाडौं, चैत १७ । भारतमा जारी आइपिएल ट्वेन्टी ट्वेन्टी क्रिकेटमा सनराइजर्स हैदराबादले घरेलु मैदानमा कीर्तिमानी प्रदर्शन गर्दै रोयल च्यालेन्जर्स बैंगलोरलाई २३२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी गर्दै २ विकेटको क्षतिमा २३१ रन बनायो ।
हैदराबादले जारी सिजनमा सबैभन्दा बढी रन बनाउने कीर्तिमानसमेत बनाएको छ ।
आइपिएलको ओभरअल उच्च स्कोर भने सन् २०१३ मा बैंगलोरले २६३ रन बनाएको थियो ।
हैदराबादले पहिलो विकेटका लागि अहिलेसम्मकै सर्वा्धिक १८५ रन बनाएको छ । जोनी बेयरस्ट्रले ५६ बलमा ११४ तथा डेभिड वार्नरले ५५ बलमा अविजित रहँदै १०० रन बनाए ।
हैदरावादले यसअघिका दुईमध्ये एक खेलमा जित हासिल गरेको छ भने विराट कोहलीको कप्तानीमा रहेको बैंगलोरले दुवै खेल हारेको छ ।
प्रतिक्रिया दिनुहोस्