कामना सेवा विकास बैंकको ७८औंं शाखा काठमाडौँको नयाँ बानेश्वरमा

काठमाडौ., १७ चैत । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा काठमाडौँ महानगरपालिकाको वडा नं १०, नयाँ बानेश्वरमा आफ्नो ७८औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । बैंकका संचालक श्विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रूपमा कारोबार शुभारम्भ गर्नु भएको थियो ।

उक्त समुद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त शाखा राजधानीको लागि छैठौं शाखा भएको र थप शाखाहरु पनि याथाशीघ्रसन्चालनमा आउने बताए । उनले काठमाडौँ उपत्यकाको व्यापारिक तथा आवसिय क्षेत्र नयाँ बानेश्वरमाशाखा सन्चालन भएसँगै बैंकले व्यापार विस्तारलाई अझ तीव्रताका साथ अघि बढाउने बताए । बैंकले हालसालै प्रस्तुत गरेका विभिन्न अभूत पूर्व प्रोडक्ट्सहरुको बारेमा प्रमुख कार्यकारी अधिकृत बस्नेतले संक्षिप्त जानकारी दिए ।

बैंकले देशका विभिन्न भागहरुमा ७८ वटा शाखा तथा ३३ वटा ATM मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ । साथै, बैंकले ABBS , Internet Banking , Mobile Banking , C – ASBA लगायतका माध्यमबाट समेतसम्पूर्ण बैंकिंग सेवाहरु उपलब्ध गराउंदै आएको तथा समय सापेक्ष आफ्नो सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ

प्रतिक्रिया दिनुहोस्